मालपोत कार्यालयमा हाकिमकी छोरीलाई सित्तैमा जागिर!

कैलालीः भूमी सुधार तथा मालपोत कार्यालय कैलालीमा प्रमुखले मनोमानी गर्दै आएको आरोप लागेको छ ।

मालपोत कार्यालय प्रमुख प्रेमबहादुर कुँवरले मनोमानी गरिरहेको आरोप लागेको हो । उनले आफ्नी छोरी रचना कुँवरलाई कुनै विधि प्रक्रिया नपुगाएर सहायक कम्प्युटर अपरेटरको नियुक्ती दिएको स्रोतले जनाएको छ।

‘कुँवरले छोरीलाई मंसिरदेखि लागु हुने गरी सहायक कम्प्युटर अपरेटरमा जागिर लगाउदै लेखा अधिकृतलाई जबरजस्ती मासिक तलब खुवाउन दबाब दिएका छन्।’ स्रोतले भन्यो। तर मालपोत कार्यालयमा विभागबाट सहायक कम्प्युटर अपरेटरमा तीनजनाको दरबन्दी मात्र स्वीकृत छ।

याे पनि पढ्नुस  धनगढीबाट नक्कली नोट र मेसिन सहित चार जना पक्राउ

जसमा तिरुलाल चौधरी, सुनिता रावल र झंकर विक यसअघिदेखि नै कार्यरत छन्। कुँवरले छोरी भएकै कारण सार्वजनिक खरिद नियमावली २०६४ विपरीत सहायक कम्प्युटर अपरेटरमा नियुक्त गरेको दावी स्रोतको छ।

सार्वजनिक खरिद नियमावली अनुसार करार सेवामा कर्मचारी राख्नुपर्ने भएमा माथिल्लो निकायबाट दरबन्दी स्वीकृत गराई विज्ञान खोलेर प्रतिस्पर्धा मार्फत कर्मचारी भर्ना गर्नूपर्ने भएपनि कैलाली मालपोतमा पनि प्रमुखले मनपरी गरिरहेको दावी गरिएको हो। तर मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर कुँवरले भने आफ्नो छोरी भएकै कारण जागिर दिएको भन्ने कुरा गलत भएको दावी गरे।

याे पनि पढ्नुस  हसिया प्रहार गरी युवकको हत्या

उनले प्रचलित ऐन कानून अनुसार कार्यालयको आवश्यकता भएकै कारण सहायक कम्प्युटर अपरेटरमा छोरीलाई राखिएको दावी गरे भने उनको योग्यता समेत पुगिसकेको छ। कुँवरले भने, ‘दरबन्दी स्वीकृत नगराई नियुक्ती दिए त तलब कसरी खुवाउने बेरुजु देखाईहाल्छ नी।’ दिनेश खबरबाट साभार

कमेन्ट गर्नुहोस्