११ वर्षीय बालकलाई क्यान्सर, परिवारद्वारा आर्थिक सहयोगको अपिल

काठमाडौंः आर्थिक अभावमा चितवन भरतपुर–१६ का सुजल पियाको उपचारमा समस्या देखिएको छ । १३ वर्षीय सुजलको दायाँ खुट्टामा बोन क्यान्सर देखिएको थियो । दुई वर्षअघि पनि उनको उपचार गरिएको थियो । त्यो समय ५० लाख बढी खर्च भएको थियो । फेरि खुट्टामा समस्या देखिएको आर्थिक अभाव हुँदा सुजलको परिवार समस्यामा परेको छ ।

११ वर्षको उमेरमा एक्कासी खुट्टा दुखेपछि उनलाई अस्पताल लगिएको थियो । परीक्षणका क्रममा उनको खुट्टामा बोन क्यान्सर पत्ता लागेको थियो । भारतको नयाँ दिल्लीस्थित राजिवगान्धी क्यान्सर हस्पिटलमा उनको उपचार गरिएको थियो । ९ महिनासम्म अस्पतालमै बसेर उपचार गराएर उनी केही समयअघि घर फर्किएका थिए । घर फर्किएको केही समयपछि फेरि खुट्टा दुख्न थालेपछि पुनः परीक्षण गरिएको थियो । पुनः परीक्षणको क्रममा खुटटमा राखिएको स्टिल अलग भएको थियो ।

याे पनि पढ्नुस  क्यान्सर रोगबाट पीडित वडाध्यक्षको मृत्यु

अब उनको पुनः अप्रेशन गर्नुपर्ने छ । त्यसका लागि १० देखि १२ लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् । यसअघि पहिलो पटक उपचार गराउँदा झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको र अब बाँकी उपचार गराउन आर्थिक अभाव भएको सुजलकी आमा रुपा पियाले जानकारी दिइन् ।

‘सानै उमेरदेखि खुट्टा दुख्यो भनिरहन्थ्यो । सामान्य होला भनेर मालिस गरिन्थ्यो । र ठीक हुन्थ्यो । तर, ११ वर्षको हुँदा एकाएक खुट्टा सुन्नियो । त्यसपछि चितवनका विभिन्न अस्पतालमा देखायौं । त्यही बोन क्यान्सर देखियो । राम्रो हस्पितल भनेर दिल्ली लगियो । ९ महिना अस्पतालमै बसेर उपचार गरियो । झण्डै ५० लाख रुपैयाँ खर्च भयो । निको भएर आएका थियौं ।’ रुपाले भनिन् ।
सुजल पिया परिवारको एक्लो सन्तान हुन् ।

याे पनि पढ्नुस  ग्यास्ट्रिकको औषधीमा देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना

पिया परिवारले छोराको उपचारका लागि जग्गा पनि बेचे । त्यसपछि बाँकी रहेको घर जग्गा पनि बैंकमा धितो राखेर ऋण निकालेका थिए । उनीहरूले निकालेको २० लाख रुपैयाँ ऋण त पहिलो पटक उपचार गराउँदा निकालेको ऋण तिर्नमै सकियो ।

अब थप उपचारको गराउन समस्या भएकाले पिया परिवारले सहयोगको अपिल गरेका छन् ।
सानैदेखि तेक्वान्दो खेल्दै आएका सुजल यतिबेला भने अरुले खेलेको हेरेर चित्त बुझाउँदै आएका छन् । उनी यता उता हिडडुँल गर्न सक्दैनन् । ठूलो बनेर तेक्वान्दो खेलाडी बन्ने उनको सपना बोन क्यान्सरले चकनाचुर पारिदिएको छ ।

याे पनि पढ्नुस  क्यान्सरको जन्म कसरी हुन्छ ? कारण थाहा पाउने प्रयास स्वरुप संयुक्त अनुसन्धान सुरु

दिल्लीमा उपचारपछि डाक्टरले फुटबल समेत खेल्न सक्ने भएको दाबी गरेका थिए । तर, सामान्य हिडडुल गराउँदा नै छोराको खुट्टामा राखिएको स्टिल अलग भएपछि पिया परिवार पीडामा परेका छन् ।

उनलाई आर्थिक सहयोग गर्नका लागि एनएमबी बैंक नारायणगढ शाखामा रहेको सुजल पियाको बैंक खाता नम्बरः ०२४००८१०९५२००११ मा आर्थिक सहयोग गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्