माइला लामालाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौंः नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनप्रिय कलाकार माइला लामासहित चार नेतालाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

ललितपुरमा रहेको पाटन उच्च अदालतले लामा सँगै नेकपा केन्द्रीय सदस्य नविन विक, नेतृ धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश दिएको हो ।

याे पनि पढ्नुस  अदालतले छोड्न आदेश दिए लगत्तै पक्राउ परे माइला लामा

केहि महिना अगाडि जिल्ला अदालत ललितपुरले एनसेलमा विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उक्त फैसलालाइ उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत ललितपुरको आदेश विरुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेता निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको हो ।

याे पनि पढ्नुस  अदालतको आदेश नआउँँदा माइला लामासहित विप्लवका १० कार्यकर्ता छुटेनन्

लामा लगाएतलाइ छुट्टाछुट्टै समयमा प्रहरीले गिरफ्तार गरेको थियो । ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि ललितपुरको नख्खु जेल चलान गरेको थियो ।

थुनामा रहेका नेताहरुको आफन्त पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द , रामकृष्ण भण्डारी, सन्तोष कोइरालाले बहस गरेका थिए ।

कमेन्ट गर्नुहोस्