कोरोना भाइरसः डब्लुएचओद्वारा विश्वभर स्वास्थ्य आपतकाल घोषणा

एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट फैलिएको नोवल कोरोना भाइरस महामारी नियन्त्रणबाहिर गएको भन्दै डब्लुएचओले विश्वभर स्वास्थ्य आपतकालको घोषणा गरेको हो ।

डब्लुएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले भनेका छन्, हामो सम्पूर्ण ध्यान चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा केन्द्रीत छ ।

याे पनि पढ्नुस  नेपालीलाईं उद्धार गरि ल्याउन फागुन ३ गते वाइड बडी चीन जाने

कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म २ सय १३ जनाको मृत्यु भएको छ । संक्रमण अन्य १८ देशमा समेत फैलिएको छ । पछिल्लोपटक भारतमा पनि कोरोना संक्रमण फेला परेको छ । चीन बाहेक अन्य देशमा ९८ जनामा यो संक्रमण देखा परिसकेको छ ।

याे पनि पढ्नुस  थप ११ जनामा कोरोना संक्रमण पुष्टि

विशेषगरी कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्