गोरखामा टिपरले किचेर महिलाको मृत्यु, स्थानीयद्वारा टिप्परमा आगजनी

काठमाडौंः गोरखाको छेपेटार बजारमा टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

शुक्रवार बिहान टिप्परको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।

घटना भएपछि आक्रोशित बनेका स्थानीयले टिप्परमा आगजनी गरेका छन् । साथै उनीहरूले टिप्पर चालकलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

कमेन्ट गर्नुहोस्