सुदूरपश्चिमका कमल सोव आइडलको उत्कृष्ट ११ मा, भोटको अपिल

काठमाडौंः नेपाल आइडल सिजन–३ मा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी कमल सोव उत्कृष्ट ११ मा पुगेका छन् । बिहीबार राति प्रसारित कार्यक्रमबाट उनी उत्कृष्ट ११ मा पुग्न सफल भएका हुन् ।

नेपाल आइडलको अडिसन धनगढी नभएपछि नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव निर्णायहरूलाई प्रभावित गर्दै टप–१२ सम्म पुगेका थिए । भोटिङको आधारमा उनी उत्कृष्ट ११ पुगेका हुन् । अव उनको आइडल यात्रा दर्शकहरुको भोटले निर्धारण गर्ने छ ।

याे पनि पढ्नुस  डडेल्धुरामा नाच्दै–नचाउँदै नेपाल आइडल रवि ओड (फोटोफिचर)

उत्कृष्ट १० का लागि उनले बिहीबार राति नै प्रस्तुति दिइसकेका छन् । उनले नेपाल आइलडकी प्रतिस्पर्धी रचना रिमालसँग ‘फुलपाती भाकेर मनकामना’ गीत गाएका थिए । कमलको गायनको जजहरूले निकै तारिफ गरेका थिए ।

उत्कृष्ट ११ पुग्न सफल कमलले उत्कृष्ट १० मा पुर्याउनका लागि भोट अपिल गरेका छन् । भोटिङकै आधारमा नेपाल आइडलको यात्रा निर्धारण हुने भएकाले भोट दिन उनले अपिल गरे ।

याे पनि पढ्नुस  को हुन् ‘नेपाल आइडल’की होस्ट माम्पी घोष?

यस्तै, धनगढीमा ‘कमल सोव जिताउ अभियान’ समेत शुरू भएको छ । विजय कार्कीलगायतको अगुवाईमा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी कमल सोवलाई जिताउन ‘कमल सोव जिताउ अभियान’ शुरू गरिएको हो ।

कसरी गर्ने भोट ?
कमललाई शुक्रबार साँझ ८ः३० देखि सोमबार दिउँसो १२ बजेसम्म भोट गर्न सकिनेछ ।

कमलाई भोट गर्न मोवाईलको म्यासेज बक्समा गएर NI 01 लेखि 37000 मा पठाउनपर्ने छ । कमललाई भोटिङ गर्ने अन्य तरीका यसप्रकार रहेका छन्ः

याे पनि पढ्नुस  नेपाल आइडल रवि ओडको ‘भयो हतार’ सार्वजनिक (भिडियोसहित)

को हुन कमल ?
५ कक्षा सम्मको पढाई डोटीको बुडरमा गरेका शोव त्यसपछिको अध्ययनलाई अगाडि बढाउन धनगढी प्रवेश गरेका थिए । माध्यमिक शिक्षासम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका शोवले स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए ।

संगीतकार कुलीप राईबाट संगीत सिक्ने मौका पाएका उनले धनगढीका विभिन्न व्याण्डहरुमा समेत जोडिने मौका पाएका थिए ।

कमेन्ट गर्नुहोस्