म्याग्दीको खोप्राबाट नारच्याङ आउँदै गरेका ४ पर्यटक अलपत्र

बेनीः म्याग्दीको पर्यटकीय स्थल खोप्राको भ्रमणमा पुगेका ४ पर्यटक नारच्याङ फर्किने क्रममा बीचबाटोमा अलपत्र परेका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्र हुँदै नारच्याङ गाउँ आउन लागेका ४ नेपाली पर्यटक बाटो बिराएर अलपत्र परेका छन् । नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर अंकीत शाह समेत चार जना पर्यटकहरु बिहीबारदेखि अल्पत्र परेका हुन् ।

याे पनि पढ्नुस  म्याग्दीमा भीषण असिना, धानबाली नष्ट गरेपछि किसान चिन्तित

अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाडौंका बासीन्दा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भू–भागमा अल्पत्र परेको जानकारी आएपछि खोजीकार्यलाई तिब्र पारिएको छ । विहानैदेखि खोजीकार्य सुरु गरिएपनि अहिलेसम्म उनीहरुलाई भेट्याउन नसकिएको प्रजिअ ढकालले जानकारी दिए ।

याे पनि पढ्नुस  म्याग्दीमा बस दुर्घटना, ४ जनाको मृत्यु

आगो बालेर धुवा मार्फत संकेत दिन अनुरोध गरिएको र अल्पत्र परेको स्थान पहिचान नभएको कारण थप समस्या भएको प्रजिअ ढकालले बताए ।

स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीको लागि नारच्याङबाट माथिल्लो भेगतिर लागेका छन् ।

याे पनि पढ्नुस  पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

मोबाईलको सम्पर्कबाट आफुहरु अल्पत्र परेको खबर गरेपनि घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको खोजीको लागि नारच्याङबाट गएका स्थानीय चुपिन पुर्जाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्