काठमाडौंः सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापन गैरकानुनी हुने राष्ट्र बैंकले जनाएको छ ।
सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानुनी हुने राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै जनाएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रद्वारा जारी सूचनामा फेसबुक, ट्वीटर, युट्वुबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी रहेको उल्लेख गरिएको छ ।
सूचनामा अगाडि भनिएको छ, ‘यस्तो कारोवार विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय अपचलन ऐन, २०१९ बमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।