कोरोना भाइरसः चीनमा रहेका नेपालीको उद्दार गर्न देउवाको अनुरोध

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चीनको वुहानमा रहेका नेपालीको उद्दार गर्न अनुरोध गरेको छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘कोरोना भाइरस संक्रमण फैलिंएको चीनको वुहानमा नागरिकलाई कैयौं देशले फिर्ता लगिसकेका छन् । तर, त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ ।’

याे पनि पढ्नुस  संसद् विघटन संविधान सम्मत छैनः सिंह

उनले कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशिघ्र नेपाल ल्याउन प्रवन्ध मिलाउन अनुरोध गरेका छन् । उनले सबै अन्तर्राष्ट्रिय नाकामा हेल्प हेस्क राख्न, संक्रमण परिक्षणका लागि राजधानीमा तत्काल केन्द्र स्थापना गर्नुपर्ने माग गरेको छन् ।

चीनको वुहान सहरबाट शुरू भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरिसकेको छ ।

याे पनि पढ्नुस  कोरोना त्रासः धनगढीका विद्यालयमा पठनपाठनसँगै परीक्षा स्थगित

कमेन्ट गर्नुहोस्