बुटवलः पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैनामा मोटरसाइकल र स्कुटी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देहीका अन्दाजी २० वर्षीय सुविन चौधरी र नविन चौधरी रहेका छन् ।
रूपन्देहीको सैनामैना रामापुर चोकमा तिब्र गतिमा पश्चिमबाट पूर्वतर्फ आइरहेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकले सोही दिशाबाट आएको लु २४ प ७४७२ को स्कुटीलाई ठक्कर दिएपछि अर्को लु ३५ प ५०१९ मोटरसाईकलाई ठक्कर दिन पुगेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवल डिएसपी भिमलाल भट्टराईले गम्भीर घाइते एक जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।