जनवादी केन्द्रीयता अभ्यासबारे केही कुरा

–अर्जुन शर्मा
माक्र्स ऐंगेल्सको पालामा व्यवस्थित संगठनात्मक प्रणालीको विकास भएको थिएन । बदलिदो विश्व परिस्थितिसँगै कम्युनिस्ट पार्टीको संचालन र विकासको निम्ति त्यही अनुरुपको संगठनात्मक नियम, कानुन आवश्यक भयो ।

त्यहीँ सिलसिला मै लेनिनले संगठन परिचालन को निम्ति कम्युनिष्ट पार्टीले खेल्ने भुमिकासँगै व्यवस्थित संगठनात्मक सिद्धान्त प्रतिपादन गर्नुभयो, जुन लेनिनवादी संगठनात्मक प्रणाली भनेर चिनिन्छ । जसको मुख्य आयाम जनवादी केन्द्रीयता हो । पछि माओ लगायत संसार भरका क्रान्तीकारीहरुको पहल मा अझै वयवस्थित बन्दै आजसम्म कम्युनिष्ट आन्दोलन आइपुगेको छ ।

पुँजीवादी पार्टीहरुले कम्युनिष्ट पार्टीमा आन्तरिक प्रजातन्त्र नहुने भन्दै तानाशाहि पद्धतिको रुपमा बुझ्ने गर्दछन् भने कतिपय बेला स्वयं कम्युनिष्ट आन्दोलन भित्रै पनि आन्तरिक प्रजातन्त्रको विषयले प्रवेश पाएको देखिन्छ । त्यही पनि कम्युनिस्ट पार्टी भित्र प्रजातान्त्रिक अभ्यास हुँदैन भन्ने कुरा सहि होइन । जनवादी केन्द्रीयताको अर्थ नै छलफल मा स्वतन्त्रता, कार्यमा एकरुपता हो ।

विश्व कम्युनिष्ट आन्दोलन र हाम्रो देशको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन समेतमा कयौँ पटक जनवादी केन्द्रीयताको अभ्यास बारे मतभेद या छलफल चल्ने गरेका तथ्य भेटिन्छन् । कतिपय बेला त कुनै पार्टीमा जनवादी केन्द्रीयता को पद्धति नै गलत भएकोसम्म भन्ने कुरा व्यक्त भएको पाइन्छ ।

यद्यपी समाजको वर्तमान बदलिदो परिवेशमा समेत कम्युनिष्ट आन्दोलन अगाडि लैजान झन मजबुत संगठनात्मक प्रणाली को खाचो छ र त्यो भनेको जनवादी केन्द्रीयताको सहि प्रयोग नै हो । तर बेलाबेलामा जनवादी केन्द्रियता लागू गर्दै गर्दा जनवादी केन्द्रीयताको स्पृड सहि रुपमा अवलम्बन गर्न नसक्दा कम्युनिष्ट पार्टी र उसको जनवर्गिय संघ संगठनहरुमा गम्भीर समस्या पैदा हुने गरेका समेत थुप्रै उदाहरण छन् ।

याे पनि पढ्नुस  के हो जनवादी केन्द्रीयता, पार्टीभित्र एकता र संघर्षका बीचमा कसरी सन्तुलन कायम गर्ने ?

जनवादी केन्द्रीयताको आफू अनुकुल व्याख्याले गलत बाटो समेत लिने गरेको अवस्था हो । कहिले नेतृत्वले आफ्नो अनुकुल व्याख्या गरेर आफ्नो स्वार्थमा त कहिले तल्लो तहबाट आफ्नो अनुकुल निर्णय गरेर संगठनको विधि पद्धतिको खिल्ली उडाइनु दुबै गलत हुन् । कतिपय समयमा पार्टी या मोर्चाहरु भित्र फरक मत लैजानै नदिने, फरक मत लगेकै कारण गलत मुल्यांकन गर्ने या भेला महाधिवेशनहरुमा उचित छलफल चल्न नदिने या छलफल चलाउने विषय उठाएकै कारण उसमाथि गिद्दे नजर लाउने इत्यादी गलत अभ्यास बेला बखत भएको पार्टी इतिहासले बताउँछ ।

जनवादी केन्द्रीयताको नाममा के कस्ता कमजोरी हुने गरेका छनर त ? त्यो बारे हामी सचेत बन्ने या नबन्ने ? मुख्य प्रश्न त्यो होइन तर कतै संगठनात्मक नियम पद्धति को नाममा कुनै अमुक वयक्ती, नेतृत्व या कोहि अन्य समुहलाई केन्द्रमा राखिएको त छैन ? या आफू अनुकुल भए ठिक नभए हल्लाखला, कारबाही या अनुशासन को प्रश्न तेर्साएर तर्साउने काम त भएन ? त्यो ध्यान दिनु सबै क्रान्तिकारीहरुको दायित्व हो ।

याे पनि पढ्नुस  के हो जनवादी केन्द्रीयता, पार्टीभित्र एकता र संघर्षका बीचमा कसरी सन्तुलन कायम गर्ने ?

संगठनात्मक अनुशासन महत्त्वपूर्ण पाटो हो तर त्यो सिंगो कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी धारमा लैजाने अस्त्र बन्नु पर्दछ नकि कुनै गुटगट फाइदाको लागि नकि कुनै पार्टीको देब्रे वा दाहिने भड्कावको निम्ति सहजताको लागि । त्यसको अर्थ हो अनुशासन पार्टीको क्रान्तिकारी नीति, सिद्धान्त भित्र लागू हुने हो, नीति लत्याएर बहुमत को नाममा लागू हुने अनुशासन कोरा अनुशासन हो जुन क्रान्तिकारीहरुले मान्न पर्ने आवश्यकता नै रहन्न ।

जनवादी केन्द्रीयता बारे पनि हामी प्रष्ट हुनु पर्दछ कि मुलत युद्धस्तरमा रहेको बेला केन्द्रीयता प्रधान र शान्तिपुर्ण संक्रमणको बेला जनवादको अभ्यास बढी हुनुपर्दछ । जतिबेला रुसमा शान्तिपुर्ण आन्दोलन चले त्यो बेला पटकपटक महाधिवेशन, व्यापक छलफल, बहस र प्रतिक्रिया बढी भए भने अन्य समय केन्द्रीयता बेशी भयो । चिनमा पनि ठिक त्यही अवस्था हो । अझै रुस या चिनमा फरक मत ल्याए बापत कुनै कारबाही भएन बरु सम्मेलन पश्चात् महत्वपूर्ण जिम्मेवारी दिने गरियो ।

महाधिवेशनको दस्ताबेज समेत अन्य वैकल्पिक नेतृत्वबाट पेश भए र पारित भए तर जसको दस्ताबेज पास भयो उही नै मुख्य नेतृत्व रहनुपर्छ भन्ने भएन तर हाम्रो देशमा त्यो बारे बेग्लै पद्धतिको अभ्यास देझिन्छ । माओवादी, एमालेहरुले मुलत जनवादी केन्द्रीयता कहिले आफ्नो अनुरुप अभ्यास गरे त कहिले त्यो अभ्यास नै लत्याइदिए तर कतिपय समयमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा समेत सहि रुपमा जनवादी केन्द्रीयताको अवलम्वन हुन नसकेको देखिन्छ ।

याे पनि पढ्नुस  के हो जनवादी केन्द्रीयता, पार्टीभित्र एकता र संघर्षका बीचमा कसरी सन्तुलन कायम गर्ने ?

पार्टीका महाधिवेशनहरुमा कहिले पारित भएका दस्तावेज स्वयं नेतृत्व बाटै बङ्गाएउने त कहिले आफ्नो मत अल्पमतमा परेकै कारण पारित दस्ताबेजको विरुद्ध आवाज निकाल्दै हिड्ने दुइ वटै प्रवृत्ति देखिन्छन् । त कतिपय बेला बहुमतको आड र अनुशासनको नाममा पार्टीनै कहिले राजावादी, कहिले दक्षिणपन्थी त कहिले उग्रवामपन्थी भड्काव तिर धकेलेको पनि हाम्रो सामु दृष्टान्त छन् । तैपनि क्रान्तिकारीहरु अबिचलित रहि क्रान्तिकारी आन्दोलन सकेसम्म बचाउने र अगाडि बढाउने गरेका छन् । जुन कुनै समय विषेश नभएर सधै निरन्तर चल्दै जाने कुरा पनि हो ।

त्यसैले हामीले जहिले पनि सहि क्रान्तिकारी विचारको पक्षमा उभ्याउने र कम्युनिस्ट आन्दोलन अगाडि बढाउने सन्दर्भमा जनवादी केन्द्रीयता, अनुशासनको घेरा र नीति सिद्धान्तलाई सहि रुपमा बुझ्न र द्वन्द्वात्मक रूख अपनाउन आवश्यक हुन्छ, त्यही कुरा कुनै नेता, कार्यकर्ता, नेतृत्व समेतले पनि मुख्य त ध्यान दिनुपर्ने हुन्छ ।

लेनिनवादी संगठनात्मक प्रणालीको सहि प्रयोग ले नै हामीलाई ठिक ठाउँमा पुराउनेछ अन्यथा जनवादी केन्द्रीयताको नाममै हामी गलत दिशातिर प्रवेश गरेछौं । कुन बाटो अवलम्बन गर्ने ? त्यो क्रान्तिकारी योद्धाहरुले गम्भीरता पूर्वक ध्यान दिनै पर्छ ।

कमेन्ट गर्नुहोस्