कोरोना भाइरस नियन्त्रणका लागि समिति गठन

काठमाडौंः कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको नेतृत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उच्चस्तरीय समितिमा गृह, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ र परराष्ट मन्त्रालयका सचिवहरु रहेकाे मन्त्रालयले जनाएकाे छ ।

याे पनि पढ्नुस  स्थानीय तहका ९० प्रतिशत कर्मचारी निष्क्रिय

मन्त्रालयका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिव रहेका निर्देशक समिति र विभिन्न अस्पतालका प्रमुख र विशेषज्ञ चिकित्स रहेका स्वास्थ्य प्राविधिक समिति गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्