काठमाडौंः मुस्ताङमा खिचिएको रोमान्टिक म्युजिक भिडियो ‘के यो माया हो’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गोविन्द राई र अनु चौधरीको स्वर सुन्न सकिन्छ भने गीतमा चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज विश्वकर्माको एरेन्ज तथा संगीत रहेको छ ।
म्युजिक भिडियोमा श्रृष्टि खड्का र चिरन्जिबी अधिकारी फिचर्ड छन् । गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीको रहेको छ ।
भिडियोमा बुद्ध थापाको छायाँकन, सुरेश काफ्लेको ड्रोन, मनोज लामा र महि सिंहको मेकअप समाबेश रहेको छ ।