कोरोना भाइरसः ब्रा, स्यानिटरी प्याड र सुन्तलाको मास्क लगाउँदै चिनियाँ!

काठमाडौंः गत डिसेम्बरबाट चीनको उहान सहरबाट फैलिएको कोरोनाभाइरसले हालसम्म २१३ जनाको मृत्यु भइसकेको छ । कोरोना तीव्ररुपमा फैलिरहँदा चीनमा मास्कको माग ह्‍वात्तै बढेको छ । मास्कको माग चुलिएसँगै सरकारले आपूर्ति गर्न समस्या भएको छ । मास्क पाउन छाडेपछि सर्वसाधरण चिनियाँ नागरिकले सुरक्षाको नयाँनयाँ तरिका अपनाउन थालेका छन् ।

कोही ब्रालाई मास्क बनाएर लगाइरहेका छन् भने कोही स्यानिटरी प्याडलाई नै मास्क बनाएर लगाइरहेका छन् । अनुहार छोप्नका लागि चीनका सर्वसाधरण स्थानीय सामानदेखि अनेक विधि प्रयोग गरिरहेका छन् । कसैले प्लास्टिकले पूरै शरिर छोपेका छन् त कसैले प्लास्टिकको बोत्तले मुख छोपेका छन् ।

याे पनि पढ्नुस  बाइडेनको पहिलो कामः ‘१०० दिन मास्क लगाऔँ अभियान’ सञ्चालनको तयारी

कोरोना भाइरस तीव्रगतिमा फैलिँदै गएपछि चीनमा सर्जिकल मास्को हाहाकार भएको छ। बजारमा पाइएका मास्कको मूल्य पनि अत्यन्तै महँगो छ । यस्तोमा मानिसहरुले आफ्नै शैलीमा मास्कको प्रयोग गरिरहेका हुन् । जसलाई जे विधि आउँछ, त्यही प्रयोग गरेर मास्क बनाएका फोटो भाइरल भइरहेका छन्। सामाजिक सञ्जालमा यस्ता मास्को फोटो भाइरल भइरहेका छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसः ज्यान गुमाउनेको सङ्ख्या २ हजार नाघ्यो, ७५ हजारमा सङ्क्रमित

केही मानिसले ब्रालाई मास्क बनाएर लगाएका छन् त केहीले महिनावारी हुँदा लगाइने स्यानिटरी प्याडलाई नै मास्कका रुपमा प्रयोग गरेका छन् । एकजना चिनियाँ वृद्धले त सुन्तलाको बोक्रालाई नै मास्क बनाएका छन् ।

नयाँ नपाइएपछि मानिसहरुले सेकेन्ड ह्यान्ड मास्क पनि किनिरहेका छन् । नयाँ मास्क नमिलेपछि यस्तो विकल्प अपनाइएको हो । तर चीनको स्वास्थ्य सेवा विभागले भने सेकेन्ड ह्यान्ड मास्कको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । एजेन्सी

याे पनि पढ्नुस  कोरोना भाइरसः ८८ हजार बढीको मृत्यु, १५ लाख नाघे संक्रमित (सूचीसहित)

 

कमेन्ट गर्नुहोस्