हसिम अमलाले ‘एभरेष्ट प्रिमियर लिग’ खेल्ने अनिश्चित

काठमाडौंः चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखरा राइनोजबाट खेल्ने भनिएका दक्षिण अफ्रिकी क्रिकेटर हसिम अमला निर्धारित समयमै नेपाल नआउने सम्भावना बढेको छ । उनी पाकिस्तान सुपर लिग (पीएसएल) मा पेसावर जाल्मीको टिममा ब्याटिङ मेन्टरका रुपमा नियुक्त भएकाले अमला निर्धारित समयमै नेपाल नआउने सम्भावना बढेको हो ।

याे पनि पढ्नुस  पीपीएलः दीपेन्द्रको टिमविरुद्ध ज्ञानेन्द्रको आक्रामक अर्धशतक (LIVE)

विश्वका विभिन्न फ्रेन्चाइजी लिग खेलिसकेका अमला नेपाल आउने चर्चा चुलिइको थियो । इपीएल हुने बेला नै पाकिस्तान सुपर लिग हुने भएकाले अमला ढिला गरी नेपाल आउने सम्भावना छ । आसन्न पाकिस्तान सुपर लिग फेब्रुअरी २० देखि मार्च २२ तारिखसम्म चल्नेछ । यता इपीएल मार्च १४ देखि २८ तारिखसम्म हुनेछ ।

याे पनि पढ्नुस  इपीएलः ललितपुरले भित्र्यायो ३ पाकिस्तानी क्रिकेटर

पोखरा राइनोजबाट खेल्ने पक्का भएका अमलालाई पीएसएलमा अनुबन्ध गरेपछि उनी नेपाल आउछन् की आउदैनन् अनिश्चित भएको छ । पीएसएलमा अनुबन्ध हुँदा पक्कै पनि अमलाले नेपालले दिएको भन्दा धेरै रकम लिएको हुनुपर्छ । त्यसो भएको खण्डमा उनले नेपाल आउनुभन्दा पहिले पीएसएललाई प्राथमिकता दिने छन् ।

याे पनि पढ्नुस  क्रिस गेललाई इपीएल खेल्न ललितपुरको प्रस्ताव

उनले पीएसएलका लागि प्लाटिनम श्रेणीमा आफ्नो नाम दर्ता गराएका थिए । तर उनी सो विधामा अनसोल्ड भएका थिए । पोखराले नै अर्का विश्व चर्चित खेलाडी क्रिस गेललाई अनुबन्ध गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्