मन्त्री पुनले भने, ‘जनयुद्धका नेता स्वीकार्ने तर, जनयुद्ध स्वीकार नगर्नु बेइमानी’

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले माओवादी १० वर्षे जनयुद्ध सही भएको बताएका छन् । मन्त्री पुनले जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह गरे ।

जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको उनको भनाइ थियो । जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले जनयुद्धचाहिँ कसरी गलत भयो भन्ने प्रश्न गरे ।

याे पनि पढ्नुस  अब सरकारका कामको नतिजा देखिन थाल्छः ऊर्जामन्त्री पुन

‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरु चाहिं किन अस्वीकार्य हुने?’, सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको प्रथम साधारणसभालाई शनिबार नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उद्घाटन गर्दै नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले भने ।

याे पनि पढ्नुस  प्रमाणपत्र तहपछि छोराछोरी पढाउन खर्च गर्दिनः मन्त्री पुन

उनले जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरे । मन्त्री पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने बताए ।

कमेन्ट गर्नुहोस्