कस्तो छ वानडे क्रिकेटमा नेपाल र ओमानबीचको विगत? (हेड टु हेड)

काठमाडौंः ओमान र नेपाली क्रिकेट टीम एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलोपटक खेल्न लागेका छन् । यी दुई टिमबीचको भेट माघ २२ गतेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुनेछ । नेपालले यअघि ओमानसँग सात खेल खेलेको थियो । जसमा एक खेल लिस्ट ‘ए’ र अन्य ६ एकदिवसीय थियो ।

पछिल्लोपटक २०१३ मा बर्मुडामा भएको खेलमा नेपालले ओमानलाई २८ रनले पराजित गरेको थियो । त्यो समयको ओमान र अहिलेको ओमान टीममा थुप्रै परिवर्तन आएका छन् । ओमान २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी–२० बिश्वकप खेल्न लागेको छ । उसले दोस्रोपटक टी–२० विश्वकप खेल्ने मौका पाएको हो ।

याे पनि पढ्नुस  टी–२० विश्वकपः नेपालले पायो सिधै ग्लोबल छनोट खेल्ने मौका

ओमानसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि छ । लिग–२ मा ओमान ६ खेलबाट ४ मा जित हात पार्दै ८ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ८ खेलमा ६ मा जित हात पार्दै पहिलो र स्कटल्याण्ड ९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

ओमान र नेपालको टिमबीचको ७ भेटमा नेपालले तीन खेल जितेको छ । पाकिस्तानी र भारतीय मूलका क्रिकेटरले भरिपूर्ण ओमानले नेपाललाई लगातार ४ खेलमा पराजित गरेको छ । नेपालले शुरुवाती तीन खेलमा जीत निकालेको थियो । नेपालको ओमानबिरुद्ध पहिलो भेट सन् २००२ को एसीसी ट्रफिमा भएको थियो ।

उक्त खेलमा १ सय ५४ रनको लक्ष्य पछ्याएको ओमनलाई ४८ रनमा रोक्दै नेपालले १ सय ५ रनको विशाल जित दर्ता गरेको थियो । यी दुई टोलीको पछिल्लो भेट सन् २०१८ मा मलेसियामा आयोजना भएको एसिया कप छनोटमा भएको थियो जसमा नेपालले तीन विकेटको हार व्यहोरेको थियो ।

याे पनि पढ्नुस  टी–२० विश्वकपः नेपालले पायो सिधै ग्लोबल छनोट खेल्ने मौका

ओमानविरुद्ध नेपाल (हेड टु हेड)

एसीसी ट्रफी– जुलाई १२, २००२, नेपालः १५३–९, ५० ओभर, ओमान– ४८ः१०, ३५.३ ओभर, नेपाल १०५ रनले विजयी ।

एसीसी ट्रफी एलिटः अप्रिल २, २०१०ः ओमान १६९–९, ५० ओभर, नेपालः १७२–४, ३८.३ ओभर, नेपाल ६ विकेटले विजयी ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–३ः मे २, २०१३ः नेपालः १६०–९, ५० ओभर, ओमानः १३२–१०, ४६.४ ओभर, नेपाल २८ रनले विजयी ।

याे पनि पढ्नुस  टी–२० विश्वकपः नेपालले पायो सिधै ग्लोबल छनोट खेल्ने मौका

एसीसी प्रिमियर लिगः मे ४, २०१४, नेपालः १५७–१०, ४५ ओभर, ओमानः १६१–८, ४७.५ ओभर, नेपाल २ विकेटले पराजित ।

एसोसियेट्स म्याचेचः नोभेम्बर १४, २०१५, नेपालः १८४–१०, ४९.३ ओभर, ओमानः १८७–७, ४८.१ ओभर, नेपाल ३ विकेटले पराजित ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ः फेब्रुअरी ९, २०१८ः नेपालः १३८–१०, ४६ ओभर, ओमानः १३९–४, ३५.१ ओभर, नेपाल ६ विकेटले पराजित ।

एसिया कप छनोटः मे २, २०१३, नेपालः २२१–९, ५० ओभर, ओमानः २२४–१०, ४८ ओभर, नेपाल ७ विकेटले पराजित ।

कमेन्ट गर्नुहोस्