काठमाडौंः अभिनेत्री आँचल शर्माको विवाह हुने निश्चित भएको छ । उनी प्रेमी उदिप श्रेष्ठसँग बैवाहिक जीवनमा बाधिने भएकी छन् ।
उदिप र आँचल केही समय यतादेखि प्रेममा छन् । समय–समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेको तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्दै आएका छन्।
आँचल र उदिपको विवाह फागुनमा हुने भएको छ । आँचलले शुक्रबार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी थिइन् ।