आज माघ १९, पूर्वराजा ज्ञानेन्द्रर्ले ‘कु’ गरेको दिनलाई कालो दिनका रुपमा स्मरण गरिँदै

काठमाडौंः आज माघ १९ गते, तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कु’ गरेको कालो दिनको रुपमा स्मरण गरिँदैछ। पूर्वराजा शाहले २०६१ साल माघ १९ गते आजैका दिन प्रतिनिधिसभा विघटन गरी तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्द्रले शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएकोले आजको दिनलाई कालो दिनुको रुपमा लिने गरिएको हो।

याे पनि पढ्नुस  उपनिर्वाचनको भाेलिपल्टनै किन पश्चिम भ्रमणमा लागे पूर्वराजा ज्ञानेन्द्र ?

शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो। शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए। फलस्वरुप २०६२/०६३ को दोस्रो जनआन्दोलनको बलमा राजसंस्थाको अन्त्य भई मुलुकमा गणतन्त्र स्थापना भयो।

याे पनि पढ्नुस  हरिद्वारबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

त्यसपछि संविधान सभामार्फत संविधान बनाएर देश संघीय संरचना कार्यान्वयनतर्फ अघि बढिरहेको छ। तर, जनआन्दोलनको ढेड दशकसम्म पनि पूर्वाधार विकास र जनजीविकामा उल्लेख्य सुधार नहुँदा परिवर्तनकारी शक्तिहरुमाथि नागरिक आक्रोश बढिरहेको छ।

कमेन्ट गर्नुहोस्