जर्मन बुन्डेस लिगा फुटबः बायर्न म्युनिख शीर्ष स्थानमा

एजेन्सीः साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई ३–१ गोलले हरायो । मेन्जको मैदानमा भएको खेलमा बायर्नलाई जिताउन रोबर्टो लेवान्डोस्कीले आठौं मिनेटमा खाता खोले । १४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । थियागोले २६औं मिनेटमा तेस्रो गोल थपेका थिए । मेन्जका जेरिमिहा जुस्टेले ४५औं मिनेटमा एक गोल फर्काए ।

याे पनि पढ्नुस  जर्मन बुन्डेस लिगा फुटबलः बायर्नको आधा दर्जन गोल

दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपटि बायर्न सजिलै विजयी भयो । जितसँगै शीर्ष स्थान कब्जा गरेको बायर्नले २० खेलबाट ४२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपिजिजको ४१ अंक छ । शनिबार रातिनै भएको खेलमा लेइपिजिज बोरुसिया मोन्चेङग्लाडबाचसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । बायर्नसँग हारेको मेन्ज १८ अंक सहित १५औं स्थानमा छ । ३९ अंक बनाएको मोन्चेङग्लाडबाच चौथो स्थानमा छ ।

याे पनि पढ्नुस  जर्मन बुन्डेस लिगा फुटबलः वायर्नको सहज जित

यसैगरी अर्को खेलमा बोरुसिया डर्टमन्डले जर्मन युनियन बर्लिनलाई ५–० गोलले हराएको छ । एकपक्षीय खेलमा डर्टमन्डको फराकिलो जितमा जेडन सान्चोले १३औं मिनेटमा सुरुवाती गोल गरे । नर्वेका स्ट्राइकर एर्लीङ हालान्डले दुई गोल गरे । हालान्डले १८औं र ७६औं मिनेटमा गोल गरेका थिए ।

याे पनि पढ्नुस  जर्मन बुन्डेस लिगा फुटबलः डर्टमन्ड दोस्रो स्थानमा

मार्को रिउसले ६८औं मिनेटमा पेनाल्टीमा र ७०औं मिनेटमा एक्सल विटसलले गोलगर्दै डर्टमन्डलाई फराकिलो जित दिलाए । जितसँगै तेस्रो स्थानमा उक्लिएको डर्टमन्डले २० खेलबाट ३९ अंक बनाएको छ । २३ अंक बनाएको बर्लिन १२औं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्