अवैध र अनैतिक क्रियाकलापमा संलग्न ७३ जना नयाँ बसपार्क क्षेत्रबाट पक्राउ

काठमाडौंः नयाँ बसपार्क क्षेत्रबाट अवैध र अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अपरेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् ।

याे पनि पढ्नुस  नयाँ बसपार्क हडप्न खोजेको भन्दै सर्वोच्चमा रिट

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्