काठमाडौंः विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको छ ।
बैठकमा महासचिव विष्णु पौडेलले पढेर सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्तव्य दिएका थिए ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले ५ दिन लामो केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गर्न सफल भएको बताए । यसले देशभरका नेता कार्यकर्तामा उत्साह, उमंग र एकताको भावना पैदा गरेको श्रेष्ठले बताए ।
यस्ता छन् नेकपाले पारित गरेका प्रस्तावः