जिग्रीले प्रत्येक विकेट बराबर ५ सय रुपैयाँ रंगशालालाई सहयोग गर्ने

काठमाडौंः हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ले बुधबारदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने नेपाल, ओमान र अमेरिकाबीच हुने क्रिकोणात्मक सिरिजमा नेपाली बलरले लिने प्रत्येक विकेटको ५ सय रुपैयाँ क्रिकेट रंगशाला निर्माणका लागि दिने घोषणा गरेका छन् ।

कलाकार कट्टेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सिरिजमा नेपाली बलरले लिने प्रत्येक विकेटको ५ सय रुपैयाँ रंगशाला निर्माणलाई दिने घोषणा गरेका हुन् । उनले आफ्नो आधिकारीक फेसबुक पेजमा भनेका छन्, ‘नेपाल , अमेरिका र ओमान बीचको सिरिजमा नेपाली बलरले लिने प्रत्येक विकेटको रू ५ सय रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माण अभियानका लागि दिने घोषण गर्दछु ।’

याे पनि पढ्नुस  र‌गंशाला निर्माण अभियानलाई ६१ हजारको खाद्यान्न सहयोग

सन्दीपले एक विकेट लिए बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशालालाई दिने

नेपाली क्रिकेट टीमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले यही सातादेखि सुरु हुने अमेरिका र ओमानसँगको सिरिजका क्रममा आफूले लिने हरेक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

याे पनि पढ्नुस  अमेरिकामा बस्ने नेपालीले दिए रंगशालालाई २ लाख बढी सहयोग

आफ्नो अफिसियल फेसबुक पेजमार्फत सन्दीपले सिरिजमा आफूले लिने विकेट बराबर सगरमाथाको उचाई बराबरको सहयोग निर्माणाधिन रंगशालालाई सहयोग गर्ने बताएका हुन् । सिमित भौतिक संरचनामा नेपाली खेलाडीले क्रिकेट खेल्नुपर्ने अवस्था अन्त्यका लागि बन्न लागेको सुबिधा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट मैदानमा आफ्नो पनि सहयोग होस भन्ने उदेश्यले आफूले सहयोग गर्न लागेको उनले बताएका छन् ।

याे पनि पढ्नुस  बुवाआमाको स्मृतिमा रंगशालालाई आर्थिक सहयोग

नेपाली क्रिकेटको भविश्यका लागि आफूले पनि केही सपना देखेको बताउँदै सन्दीपले युवा पुस्ताको भविश्य र नेपाली क्रिकेटलाई थप उचाई दिन सबैको सहयोग र सद्भावको खाँचो रहेको समेत उल्लेख गरेका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा ३ अर्बको लागतमा बहुउपयोगी अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गरेका छन् । सोही मैदान निर्माण सहयोगार्थ आजबाट महायज्ञको पनि आयोजना गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्