सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा जुटे नेपाल आइडल रवि ओड

काठमाडौंः नेपाल आइडल सिजन–२ का विजेता तथा सुदूरपश्चिम प्रदेशका पर्यटन दूत रवि ओडले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ प्रोजेक्ट सञ्चालन गर्ने बताएका छन् ।

आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६ शृंखला सहितको नयाँ कार्यक्रम ल्याउने उनले बताएका हुन् ।

याे पनि पढ्नुस  अर्को वर्ष कोरोना परीक्षण प्रयोगशाला बनाउने भनेपछि मन्त्रीको चर्को बिरोध

प्रदेशका सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भिडियो सहितको सामग्री सामाजिक सञ्जाल तथा युट्युब च्यालेनहरुमा समेत प्रसारण गर्ने गरी नयाँ प्रोजेक्ट ल्याउने तयारी भइरहेको नेपाल आइडल रविले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिमको विकासका लागि प्रचार प्रसार आवश्यक रहेको बताइन् ।

याे पनि पढ्नुस  सुदूरपश्चिमका यी १२ ठाउँमा टेलिकमको फोरजी सेवा

प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्न उनले आग्रह गरिन् ।

कमेन्ट गर्नुहोस्