राप्रपा केन्द्रीय महाधिवेशन जेठ २५ मा काठमाडौंमा हुने

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशन आगामी २०७७ जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ १७ बाट सुरु भएको केन्द्रीय कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले निर्वाचन समितिका संयोजक पार्टीका उपाध्यक्ष तोरणबहादुर गुरुङ्गद्वारा प्रस्तुत निर्वाचन निर्देशिका र अधिवेशनको कार्यतालिका सामान्य परिमार्जनसहित पारित गरिएको जानकारी पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले दिए । अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरू सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्षरूपमा निर्वाचित भएर आउने नयाँ व्यवस्था गरिएको छ ।

याे पनि पढ्नुस  लकडाउन खुकुलो पार्न राप्रपाको ध्यानाकर्षण

बैठकको निर्णयमा भनिएको छ, ‘नेपालको पूर्वाधार विकासको निमित्त अमेरिकी सरकारको आर्थिक सहायता एमसिसीले नेपालको जलविद्युत र यातायात पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने राप्रपाको बिश्वास छ ।’

बैठकले अध्यक्ष थापाले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ । यसैगरी, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालय र आगामी कार्यक्रमसम्बन्धी प्रतिवेदन, सहायक कोषाध्यक्ष निना भेटवालको आर्थिक प्रतिवेदन सामान्य परिमार्जनसहित पारित गरिएको छ ।

याे पनि पढ्नुस  टेनिस खेलका लागि चीन पुगेका थापा खेल्दा खेल्दै घाइते

चीनमा प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न, स्वदेश ल्याउन र सङ्क्रमित देखिएमा उच्च सावधानीका साथ चिकित्सकीय सुविधासहित उपचारको प्रबन्ध गर्न सरकारसँग बैठकले माग गरेको छ ।

कमेन्ट गर्नुहोस्