रोनाल्डोको २ गोलमा युभेन्ट्सको शानदार जित

काठमाडौंः सुपर स्टार क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ ।

आइतबार साँझ भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३–० गोलले हरायो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले दुई तथा म्याथिस डी लिटले एक गोल गरे ।

याे पनि पढ्नुस  इटालियन सिरिएमा रोनाल्डोको पहिलो ह्याट्रिकसँगै युभेन्टसको सहज जीत

रोनाल्डोले ४०औं मिनेटमा पेनाल्टी मार्फत गोलगर्दै टोलीलाई अग्रता दिलाए । दुवै गोल पेनाल्टीमा गरेका रोनाल्डोले ८०औं मिनेटमा दोस्रो गोल थपेका थिए ।

९०औं मिनेटमा डी लिटले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले २२ खेलबाट ५४ अंक बनाएको छ ।

याे पनि पढ्नुस  रोनाल्डो पोर्चुगिज वर्षका उत्कृष्ट खेलाडी घोषित

२५ अंक बनाएको फियोरेन्टिना १४औं स्थानमा छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको इन्टर मिलान भन्दा ६ अंकले अगाडी छ । इन्टरको ४८ अंक छ ।

कमेन्ट गर्नुहोस्