स्पेनिस लिगः फाती चम्किदा बार्सिलोना बिजय

एजेन्सीः अंशु फाती चम्किएको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा लेभान्तेलाई हराएको छ ।

आईतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेभान्तेलाई २–१ ले पराजित गर्यो ।

बार्सिलोनाका जितमा युुवा स्टार फातीले दुवै गोल गरे ।

जितसंगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंक दुरी घटाएको छ ।

बार्सिलोना ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियलको ३ अंकको अग्रता छ ।

लेभान्ते २६ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

खेलको ३० औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

खेलको अन्तिम समयमा लेभान्तेका रुबेन रोचिनाले एक गोल फर्काए ।

लेभान्तेले गत नोभेम्बरमा बार्सिलोनालाई घरेलु मैदानमा ३–१ ले हराएको थियो । तर उसले बार्सिलोनाको घरेलु मैदानमा अंक बटुल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्