ब्रोइलर कुखुराको मूल्य वृद्धिसँगै भारतबाट कुखुरा तस्करी, व्यवसायी समस्यामा

रौतहटः नेपालमा ब्रोइलर कुखराको मूल्यवृद्धि भएसंगै रौतहटमा प्रतिबन्धित भारतीय कुखुराको तस्करी बढेको छ । केही दिनदेखि बढेको भारतीय कुखुराको तस्करीको कारण जिल्लास्थित दर्जनौँ कुखुरा उत्पादक तथा व्यवसायीहरुले आफूहरु ठूलो समस्यामा परेको बताएका हुन् ।

नेपालमा उत्पादीत कुखुराको बजार भाउ बढी र भारतीय कुखुराको भाउ कम भएको कारण अहिले रौतहटको पश्चिमी भेगमा दर्जनौँ तस्कर सक्रिय भएका छन् ।

स्थानीय बौधिमाई नगरपालिकाका मतिन मियाँ र भारत बिहार घोडाशहन थाना क्षेत्र अन्तरगत कोरैया गाउँ घर भएका दिनेश साहको गिरोहले दैनिकरुपमा प्रतिबन्धित भारतीय कुखुरा रौतहट भित्र्याइरहेको व्यवसायीहरुको आरोप छ ।

याे पनि पढ्नुस  काठमाडौंका व्यवसायीले भोलि पनि पसल खोल्ने (विज्ञप्तिसहित)

तस्कर गिरोहले भारतीय बजार घोडाशहनबाट रौतहटको बंकुल र जयनगर नाका हुँदै गाडी, मोटरसाइकल र साइकल बाट प्रतिबन्धित कुखुरा भित्रयाएर जिल्लाको बजारहरुमा पुर्याउने गरेको व्यवसायीहरुले बताएका छन् ।

स्थानीय स्तरमा उत्पादन हुने जिउँदो कुखुराको व्यापारीहरुका लागि भाउ प्रतिकिलो दुई सय ४० रहेको र तस्करहरुले भारतीय कुखुरा मात्र एकसय ९० मा घर–घर पुर्याइरहेकाले जिल्लाका कुखुरा उत्पादक तथा ब्यवसायी ठूलो कठिनाइमा परेको कुखुरा उत्पादक सङ्घ रौतहटका जिल्ला अध्यक्ष रामबिनोद पाण्डेले बताएका छन् ।

याे पनि पढ्नुस  सरकारले भन्यो : व्यवसायीले आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नू

जिल्ला पशु कार्यालय, उत्पादक सङ्घमा दर्ता भएको र केही दर्ता नभएको गरेर हाल जिल्लामा दुई हजारभन्दा बढी मानिस कुखुरा उत्पादन तथा कारोवार गरिरहेका छन् ।

‘वर्षभरी कुखुराको भाउ नपाउँदा लाखौँको घाटा बेहोर्नुपरेको थियो । अहिले भाउ बढ्दा भारतीय कुखुराको तस्करीले व्यवसायी मारमा परेका छन्,’ अध्यक्ष पाण्डेले गुनासो गरे ।

याे पनि पढ्नुस  पसल खोल्न पाउनुपर्ने माग गर्दै व्यवसायी प्रर्दशनमा

अवैध भारतीय कुखुराको तस्करीमा सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मी र कुखुरा उत्पादक संघकै कतिपय पदाधिकारीको मिलोमतो हुने गरेकाले तस्करी फस्टाउँदै गएको पीडितहरुले दुखेसो पोखेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविक कार्कीले तस्करी नियन्त्रणको लागि कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

कमेन्ट गर्नुहोस्