कुमारी बैंकको नाफा बढ्यो, कति छ इपीएस ?

काठमाडौंः कुमारी बैंकले आर्थिक वर्ष २०७६–०७७ को दोस्रो त्रैमासमा ८० करोड ३० लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षभन्दा १८.७४% ले बढी हो । गत वर्ष यसैअवधिमा यस बैंकले ६७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरण योग्य नाफा ६५ करोड ८५ लाख ९४ हजार रुपैयाँ रहेको छ । कुमारीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै क्रमशः २०.१५% र १७.२९% ले बढेको छ ।

याे पनि पढ्नुस  कुमारी बैंकको नाफा २८.०३ प्रतिशतले वृद्धि, अन्य वित्तीय सुचक कस्तो ?

बैंकको चुक्ता पुँजी पनि गत वर्षका भन्दा ३३.२७% ले बढेर ९ अर्ब ५५ करोड नाघेको छ । यस्तै रिजर्भ कोषमा २ अर्ब २४ करोड रुपैयाँ छ । कुमारीले निक्षेप संकलन ६.९२% ले बढाउदा कर्जा लगानी पनि १४.३४% ले बढाउन सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८६ पैसाले घटेर १६ रुपैयाँ ७६ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ६४ पैसा छ ।

याे पनि पढ्नुस  बैंकको नाफा ६५ अर्ब ३९ करोड

कमेन्ट गर्नुहोस्