तमिम इकबालले प्रहार तेहेरो शतक, बनाए यस्तो कीर्तिमान !

काठमाडौंः बंगलादेश क्रिकेट टीमका अनुभवी ब्याट्सम्यान तमिम इकबालले प्रथम श्रेणी क्रिकेटमा तेहेरो शतक बनाएका छन् । उनले बंगलादेश क्रिकेट लिग (बीसीएल) को एक म्याचमा तेहेरो शतक बनाएका हुन् । योसँगै इकबालले आफ्नो देशका लागि नयाँ कीर्तिमान बनाएका छन् । उनले प्रथम श्रेणीको म्याचको एकै पारीमा सर्बाधिक रन बनाउँदै नयाँ कीर्तिमान बनाएका हुन् ।

याे पनि पढ्नुस  इपीएल खेल्ने थरंगाद्वारा चौकाको वर्षा, वेष्ट इन्डिजविरुद्ध शानदार शतक

इकबालले आइतबार बीसीएलमा सेन्ट्रल जोनविरुद्ध अविजित ३ सय ३४ रन बनाए । बायाँ हाते ब्याट्सम्यान उनले इस्ट जोनका लागि ४२६ बलमा ४२ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३ सय ३४ रन बनाएका हुन् । बंगलादेशको प्रथम श्रेणी क्रिकेटमा तेहेरो शतक बनाउने इकबाल दोस्रो खेलाडी हुन् ।

याे पनि पढ्नुस  दोस्रो इनिङ्समा पनि एमसीसीको उत्कृष्ट सुरुवात (स्कोरबोर्डसहित)

यसअघि बंगलादेशका रकीबुल हसनले प्रथम श्रेणी क्रिकेटमा ३ सय १३ रन बनाएका थिए । तमीमले अविजित ३ सय ३४ रन बनाउँदै बंगलादेशका लागि नयाँ इतिहास रचे । बंगलादेशले ७ फेब्रुअरीदेखि पाकिस्तानसँग एक टेष्ट म्याच खेल्दै छ ।

कमेन्ट गर्नुहोस्