धनुषाः मेमोरी कार्डमा विवाद हुँदा बुहारीको हत्या गर्ने एकै परिवारका चार जना पक्राउ परेका छन् ।
औरही गाउँपालिका–२ का २२ वर्षिया चिन्तामणि पासवानको मोबाइलमा रहेको मेमोरी कार्डका विषयमा विवाद हुँदा हत्या भएको थियो । उनको हत्या गरेको आरोपमा प्रहरीले चिन्तामणिका श्रीमान् अनिल, सासु–ससुरा राधाकृष्ण र कुमला तथा नन्द पुनितालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत माघ १८ गतेका दिन मोबाइलको मेमोरी विषयमा चिन्तामणिकी नन्द पुनितासँग विवाद र झगडा भएको थियो ।
सोही विषयलाई लिएर चिन्तामणिको उनका श्रीमान, सासु–ससुरा र नन्दले निर्ममतापूर्वक कुटपिट गरी घाँटी थिचेर हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै उनीहरुले हल्ला फैलाएर प्रादेशिक अस्पताल पुर्याएका थिए ।