त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो ओमान क्रिकेट टिम

काठमाडौंः बुधबारदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुने विश्वकप लिग–२ अन्तर्गत वानडे त्रिकोणात्मक सिरिजका लागि ओमान क्रिकेट टीम काठमाडौं आइपुगेको छ । नेपाल र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्न ओमान टीम काठमाडौं आइपुगेको हो ।

सिरिज खेल्ने अमेरिकन क्रिकेट टीम आइतबार राति नै नेपाल पुगिसकेको छ । कोरोनाभाइरसको संक्रमणको त्रास बढेकोले ओमानका खेलाडी पनि मास्क लगाएर त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः अमेरिकामाथि ओमानको शानदार जित

त्रिकोणात्मक सिरिज खेल्ने ओमन क्रिकेट टीमः जिसान मक्सूद (कप्तान), अक्युब इलियास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमद फैजबट, कलीमुल्लाह, बिलाल खान, अमिर कालिम, कुराम नवाज खान, गोपेन्द्र बोहोरा र अजय लालचेता छन् ।

याे पनि पढ्नुस  अमेरिकाविरुद्ध नेपाललाई ब्याटिङको निम्तो, कुशल मल्लको डेब्यू

टिम अफिसियलमा ब्यवस्थापकमा मधु जेसरानी, प्रशिक्षक श्रीलंकन दुलिप मेन्डिस, सहायक प्रशिक्षक मजहार सलिम खान, फिजियो सेअन न्वाक छन । सिरिजमा ओमानले पहिलो खेल बुधबार नेपालविरुद्ध खेल्ने छ । प्रतियोगितामा कूल ६ खेल हुने छन् । जसमा हरेक टिमले दुई–दुई म्याच खेल्ने छन् ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरू (LIVE)

प्रतियोगिताको अंक तालिकामा ओमान ८ अंकका साथ चौथो स्थानमा रहेको छ । जारी लिगमा ओमानले ८ खेलमा चार जित दुई हार ब्यहोरेको छ । नेपालले भने यो प्रतियोगितामा पहिलो खेल खेल्दै छ ।

कमेन्ट गर्नुहोस्