काठमाडौंः नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।
उनले काठमाडौंमा मा २२ गतेबाट शुरू हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् ।आईसीसीसमक्ष दिएको राजीनामाको बोधार्थ क्रिकेट संघलाई पनि आएको छ ।
पटवाललाई आईसीसीले मासिक ७ हजार डलर तलब दिने गरी गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यो बेला नेपाल क्रिकेट संघ निलम्बन थियो ।
तर उनले ८ महिनामै राजीनामा दिएका हुन् र उनले किन राजीनामा दिए कारण खुलेको छैन ।