चैनपुरमा भेटियो मल्लकालीन इँटा

सङ्खुवासभाः सङ्खुवासभाको ऐतिहासिक बजार चैनपुर बजारमा ६ सय वर्ष पुरानो मल्लकालीन इँटा फेला परेको छ । चैनपुर बजारका नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा मल्लकालीन समयमा उत्पादन भएको पाइएको छ ।

श्रेष्ठको घर पिंढीमा प्रयोग भएको इँटा १४औँ शताब्दीभन्दा अगाडिमात्र प्रयोग हुने गरेको इतिहासविद् डा रमेश ढुङ्गेलले जानकारी दिए । सङ्खुवासभाको इतिहासमा नयाँ कुराको प्राप्ति भएको इतिहासविद् डा ढुङ्गेलले बताए । यो चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण भएको उनले दाबी गरे ।

याे पनि पढ्नुस  मच्छिन्द्रनाथको पुनर्निर्माण छिट्टै अघि बढाइने

चैनपुरमा पहिलो पटक मल्लकालीन समयमा प्रयोग हुने गरेको इँटा फेला परेकाले यसलाई संरक्षण गर्नु आवश्यक भएको उनको भनाई छ । फेला परेको इँटाको लम्बाइ १४, चौडाइ आठ र मोटाइ दुई इञ्च रहेको डा ढुङ्गेलको भनाई छ ।

इतिहासविद् डा ढुङ्गेलले यो पुरानो इँटा भएकाले यसलाई पुरातत्व विभाग, स्थानीय प्रतिनिधि र स्थानीयवासीलाई आह्वान गरेर विशेष ढङ्गले त्यसको सुरक्षा गर्नुपर्ने धारणा राखे ।

मल्लकालीन इँटाको बारेमा पुरातत्व विभागमा लिखित रुपमा जानकारीसमेत गराउने बताइएको छ । नेपाल एकीरण अगाडिबाटै इतिहासमा सङ्खुवासभाको महत्व रहेको छ । यसअघि भोटखोला गाउँपालिकाको हटिया गोलामा १२ हजार वर्षअघिका हतियारसमेत फेला परेकाले डा ढुङ्गेलले जानकारी दिए ।

याे पनि पढ्नुस  रामको ‘जन्मस्थल’ नियन्त्रणमा लिएरै अनुसन्धान !

चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले मल्लकालीन इँटाले चैनपुरको मात्र नभएर सिङ्गो सङ्खुवासभाकै लागि इतिहास भएको बताए । नगरपालिकाले यसको संरक्षणमा ध्यान दिने उनले बताए ।

त्यसैगरी चैनपुरकै सिद्धकाली मन्दिरमा पुरानो शिलालेख अझै रहेको छ । चैनपुरको इतिहासमा अहिले पनि मेजर पाटीको रुपमा रहेको पाटीलाई त्यस सयममा बस्नेत पौवा भनिने गरेको इतिहासविद्को भनाइ छ ।

याे पनि पढ्नुस  हवाईफायर गरेर विप्लव समूहका पाँच कार्यकर्ता पक्राउ

तत्कालीन नेपालका दोस्रो मुख्य काजी बत्तावरसिं बस्नेत मूल काजी हुनुभन्दा अगाडि पूर्वको एकीकरण हुनु पहिले एकीकरण योद्धाको रुपमा आउँदा भोट र सिक्कीमा सैन्य लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन बस्नेतको टोलीले ठूलो देन दिएका थिए ।

विसं १८३०÷३१ मा पृथ्वीनारायण शाहको पालामा बत्तावरसिंका बुबा जनरल अभिमानसिं बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई मिलाएको इतिहासमा उल्लेख भएको जानकारहरुको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्