काठमाडौंः नेपाली अभिनेत्री प्रियंका कार्की आइतबार राति बार्सिलोना र लेभान्टेबीच खेल हेर्न बार्सिलोना पुगेकी थिइन् ।
उनले राति खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी बताइन् ।
प्रियंकाले लाइभमार्फत भनेकी थिइन ‘सबै नेपालीको यहाँ आउने चाहना भए पनि आउन पाएको छैनन् । त्यसैले सबै नेपालीको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु’
यसैबीच बार्सिलोनाले आफ्नो फेसबुक पेजमार्फत् प्रियंकाको तस्बिर राख्दै लेखेको छ ‘वी लभ यु नेपाल ।’