नेपालका हिमाल ओखेडा ‘मिस्टर बेलुर तामिलनाडु’को टप–५ मा पुग्न सफल

काठमाडौंः विभिन्न ‘सर्ट फिल्म’ मा अभिनय गर्दै दर्शकको मन जित्न सफल कलाकार हिमाल  ओखेडा भारतमा जारी ‘मिस्टर एण्ड मिसेज बेलुर तामिलनाडु’को टप–५ मा पुग्न सफल भएका छन् । उनी ६० जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस्टर एण्ड मिसेज बेलुर तामिलनाडु’को टप–५ मा पुगेका हुन् ।

यो प्रतियोगिताको ‘फिनाले’ आउँदो आइतबार तमिलनाडुको बेलुर सम्पन्न हुँदैछ । प्रतियोगिताको विजेता निर्णायकको मूल्याकंनका आधारमा घोषित गरिने छ । विजेताले ७० हजार रुपैयाँसहित २ वटा हिन्दी गीतमा अभिनय गर्न पाउने छ ।

‘मिस्टर बेलुर तामिलनाडु’को अडिसनमा हिमालले बैंग्लोरबाट भाग लिएका थिए । बझाङ पुख्र्यौली घर भएर हाल कञ्चनपुरमा बस्दै आएका उनी केही वर्षयता भने भारतमा कलाकारिता गर्दैछन् । हिमालले विभिन्न ‘सर्ट मुभी’ देखि म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्