टी–२० क्रिकेटः यी तीन भारतीय खेलाडीलाई टिममा मौका पाउन मुश्किल!

काठमाडौंः आइतबार मात्रै भारतीय क्रिकेट टीमले न्यूजिल्याण्डसँगको पाँच खेलको टी–२० सिरिज ‘क्लिन स्विप’ गर्न सफल भयो । यसले पनि जनाउँछ पछिल्लो समय भारतीय टीम टी–२० प्रारुपमा पनि उत्कृष्ट लयमा छ । अष्ट्रेलियामा हुने आइसीसी टी–२० विश्वकप नजिकिँदै गएसँगै भारतीय टीम झन् उत्कृष्ट लयमा देखिन्छ ।

न्यूजिल्याण्डसँग भएको टी–२० सिरिजमा भारतीय टीमका केएल राहूल, रोहित शर्मा, जसप्रीत बुमराह लगायतको प्रदर्शन उत्कृष्ट रह्यो । साथै टीमका अन्य खेलाडीले पनि सन्तोषजनक प्रदर्शन नै गरे । यो सिरिजका कारण कयौं खेलाडीले आसन्न टी–२० विश्वकप खेल्ने स्थानसमेत बनाइसकेको भारतीय मिडियाले लेखेका छन् ।

टीममा सामेल गरेका अधिकांश खेलाडीको शानदार प्रदर्शनका कारण विभिन्न कारणले टोली बाहिर रहेका खेलाडीको ‘कमब्याक’मा समेत असर पर्नसक्ने भारतीय सञ्चार माध्यमले लेख्न थालेका छन् । टीममा सामेल गरेका नयाँ खेलाडीले अपेक्षाकृत प्रदर्शन गरिरहेकाले चोटका कारण टोली बाहिर रहेका खेलाडीलाई ‘कमब्याक’ गर्न सजिलो पक्कै छैन । यसैबीच आज तीन खेलाडीको बारेमा चर्चा गर्दै छौं जो अहिले टीमभन्दा बाहिर छन् ।

याे पनि पढ्नुस  टी–२० सिरिजः अन्तिम खेलमा ऋषभ पन्तले पाएनन् माैका

३. ऋषभ पन्तः ऋषभ भारतीय टीमका विस्फोटक युवा ब्याट्सम्यान हुन् । उनी उत्कृष्ट ब्याटिङका साथै विकेटकीपिङ पनि गर्छन् । पन्त केही वर्षयता भातीय टीमका नियमित सदस्य बनेका छन् । तर, अब उनलाई टीममा फर्किन केही गाह्रो हुने स्थिति आएको छ । अवसर पाउँदा पनि प्रशस्त रन बनाउन नसकेकै कारण उनको ‘कमब्याक’ सजिलो छैन । लगातारको खराब लयकै कारण टीममा समावेश गरेको भन्दै केही समयता उनको आलोचना पनि व्यापक भइरहेको छ ।

पन्तले अन्तिमपटक अष्ट्रेलियासँगको वानडे सिरिजको पहिलो म्याच खेलेका थिए । त्यसयता टीममा भए पनि प्लेइङ ११ मा भने अटाउन सकेका छैनन् । उनको भूमिका केएल राहूलले निर्वाह गरिरहेका छन् । र, राहूल उत्कृष्ट कीपिङका साथ शानदार ब्याटिङ पनि गरिरहेका छन् । यदि पन्तको खराब लय कायमै रहने हो भने उनी टीममा फर्किने सम्भावना अब कमजोर बनेको छ ।

याे पनि पढ्नुस  ऋषभ पन्तले रचे इतिहास, तोडियो रिचर्डस, वाल्टर र सुरतीको रेकर्ड

२. भुवनेश्वर कुमारः भारतीय टीमका स्टार फास्ट बलर भुवनेश्वर पछिल्लो समय हर्नियाको अप्ररेशनका कारण टोली बाहिर छन् । उनी तीनै प्रारुपमा भारतीय टीमका महत्वपूर्ण सदस्य हुन् । तर, पछिल्लो समय भुवनेश्वर लगातार चोटका कारण समस्यामा छन् । उनले आफ्नो अन्तिम टी–२० म्याच वेष्ट इन्डिजविरुद्ध २०१९ मा खेलेका थिए । त्यसपछि भुवनेश्वर टोली बाहिर नै छन् । उनको स्थानमा भारतीय टीममा युवा बलरलाई मौका दिइएको छ । र, उनीहरुले शानदार प्रदर्शन गरिरहेका छन् ।

अहिले भारतीय टीममा शार्दुल ठाकुर, नवदीप सैनी, दीपक चाहर जस्ता युवा फास्ट बलर छन् । नयाँ बलरले पनि शानदार प्रदर्शन गरिरहेकाले अब टीममा फर्किन भुवनेश्वरलाई त्यति सजिलो छैन । उनले हालसम्म टी–२० अन्तर्राष्ट्रिय करियरको ४३ म्याचमा ४१ विकेट लिएका छन् ।

याे पनि पढ्नुस  संकटमा परेका ऋषभ पन्तको कपिल देवले गरे प्रशंसा

३. शिखर धवनः सन् २०१९ को एकविदसीय विश्वकपपछि शिखर धवन लगातार चोटका कारण समस्यामा छन् । लामो समयपछि उनी भारतमा भएको टी–२० सिरिजमा खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए । तर, अष्ट्रेलियासँगको वानडे सिरिजमा धवन फेरि घाइते हुनपुगे । र, अहिले उनी विश्राम गरिरहेका छन् ।

शिखरको स्थान अहिले भारतीय टीममा केएल राहूलले लिइरहेका छन् । राहूलले पछिल्लो समय लगातार शानदार प्रदर्शन पनि गरिरहेका छन् । ओपनरको रुपमा राहूलले उत्कृष्ट ब्याटिङ गरिरहेकाले शिखरलाई ‘कमब्याक’ गर्न अब गाह्रो हुनसक्छ । शिखरले टी–२० अन्तर्राष्ट्रिय करियरमा हालसम्म ६१ म्याचमा २८.३५ को औसतमा कूल १५ सय ८८ रन बनाएका छन् ।

कमेन्ट गर्नुहोस्