बिरामी बालिका बलात्कार आरोपमा झण्डाबाबा पक्राउ

बाराः बिरामी परेकी एक १४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा झण्डा बाबा भन्ने हरिनारायण शर्मालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । झारफुक तथा टुनामुनाको कारणले भएको र निको बनाई दिने भनेर बलात्कार गरेको आरोपमा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

भारतको राजस्थान, बुन्दी जिल्ला पाटन थाना सिनता घर भएका ५३ बर्षका रामेश्वर भन्ने हरिनारायण शर्मालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । बलात्कारपछि पीडित नाबालिकाको अत्याधिक रक्तश्राप भएपछि कलैया अस्पतालमा उपचारपछि हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको बारा प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोना जाँचको प्रमाणपत्र लिन बोलाएर बलात्कार, स्वास्थ्यकर्मी पक्राउ

बिरामी बालिकालाई झारफुक गर्ने बहानामा झण्डा बाबाले आफ्नो कोठामा लगेर आईतवार राति साढे ९ बजे बलात्कार गरेपछि पीडितका आफन्त तथा स्थानीयले बाबालाई नियन्त्रणमा लिएका थिए । कोल्हवी नगरपालिका वडा नम्बर–११ रामपुर्वा स्थित रामजानकी मन्दिरमा विगत १५ वर्षदेखि झारफुकको काम गर्दै आएका बाबालाई स्थानीयले ईलाका प्रहरी कार्यालय कोल्हवीलाई आइतबार राति साढे ११ बजे बुझाएका थिए । नाबालिकलाई करणी गरेकाले फौजदारी अपराध सहिंता २०७४ अनुसार मुद्दा चलाउने तयारी सुरु गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

याे पनि पढ्नुस  बाराको कलैयामा छिमेकीबीचको झगडामा घाइते महिलाको मृत्यु

अपराधसहिंता २०७४ को परिच्छेद १८ अन्तरगर्त करणी सम्बन्धि कसुरमा दफा २१९ को उपदफा ३ को (ग) अनुसार १४ वर्ष भन्दा माथि १६ वर्षसम्मको बालिका र महिलालाई करणी गर्दा १२ वर्षदेखि १४ वर्षसम्म कैद हुने प्रावधान रहेको कानुन व्यवसायी तोयनाथ पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्