गृहसचिवमा महेश्वर न्यौपाने नियुक्त

काठमाडौंः गृहसचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरिएको छ । सरकारले प्रेमकुमार राईले अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा न्यौपानेलाई नियुक्त गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई गृहसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।

आइतबारबाट लागू हुने गरी राईले राजीनामा दिएपछि गृहसचिव पद रिक्त रहेको थियो । त्यस्तै अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।

कमेन्ट गर्नुहोस्