अछामः अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन्।
अध्यक्ष मृत फेला परेका छन्, हामी घटनास्थलमै छौं प्रहरी आइपुगेको छु, पञ्चदेवल नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले जानकारी दिइन्। शाहीको शव पञ्चदेव नगरपालिका–२ को गैरीगाउँमा भैसी बाध्ने गोठमा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शाहीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ। प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।