कोरोना भाइरस चिनियाँ सामान छुँदासमेत सर्छ ?

एजेन्सीः चीनसमेत संसारभरीका थुप्रै देशमा कोरोना भाइरस फैलिएपछि यसबाट मृत्यु हुनेको संख्या ३ सय नाघिसकेको छ ।

यस्तै, अहिलेसम्म यो भाइरसबाट संक्रमित व्यक्तिको संख्या १४ हजार बढी पुगिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले तीब्र रुपमा फैलिरहेको यो भाइरसलाई विश्वव्यापी संकटको घोषणा गरेको छ ।

सुरुवातमा यो भाइरसबाट संक्रमित व्यक्तिको मृत्यु चीनमा मात्रै भएको थियो तर गत आइतबार फिलिपिन्समा पनि एक व्यक्तिको यसै भाइरसका कारण मृत्यु भएको खबर सार्वजनिक भयो ।

यसैबीच, संसारभरीका मानिसको मनमा यो भाइरससँग जोडिएका केही प्रश्न अझैपनि अनुत्तरित छन् ।

बीबीसीले यस्तै केही प्रश्नको जवाफ यहाँ दिने कोसिस गरेको छ ।

प्रश्न १ः के चिनियाँ सामान छुँदा कोरोना भाइरस फैलन सक्छ ?

इन्टरनेटमा धेरै मानिसहरुले चीनको बुहान वा उक्त भाइरसबाट संक्रमित इलाकाबाट निर्यात भएका सामान छुँदा भाइरस फैलन सक्छ भनेर प्रश्न गरेका छन् ।

तर अहिलेसम्म बुहान वा अन्य संक्रमित इलाकाबाट आएका सामान छुँदा भाइरस फैलिएको भन्ने कुनै पनि प्रमाण भेटिएको छैन ।

याे पनि पढ्नुस  अब पाँच मिनेटमै कोरोना भाइरस परीक्षण, तयार भयो यस्तो मेसिन

तर सन् २००३ मा चीनले सार्स नामक भाइरसको सामना गरेको थियो जसले संसारभरीका सात सय बढी व्यक्तिको ज्यान लिएको थियो ।

त्यतिबेला कुनै संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा कुनै चीज वा स्थानमा भाइरस पुगेको छ र ती वस्तु वा स्थानमा कुनै व्यक्तिले छोएको खण्डमा पनि सार्सद्वारा संक्रमित हुने सम्भावना थियो ।

अहिलेसम्म कोरोना भाइरसमा भने यस्ता घटना सार्वजनिक भएका छैनन् ।

रुघा खोकीको भाइरस मानिसको शरीर बाहिर २४ घण्टासम्म जिउँदो रहन्छ । तर कोरोना भाइरस थुप्रै महिनासम्म मानव शरीर बाहिर पनि जिउँदो रहन सक्छ ।

अहिलेसम्म जे जति घटना सार्वजनिक भएका छन्, त्यसलाई नियाल्ने हो भने कुनै व्यक्ति भाइरसबाट संक्रमित हुनका लागि संक्रमित व्यक्तिको सम्पर्कमा आउनैपर्छ ।

प्रश्न २ः चीनबाट यति भाइरस किन पैदा भइरहेका छन् ?

चीनमा जनावरको ठूलो जनसंख्या छ । चिनियाँहरु ती जनावर नजिकै बस्छन् ।

यो कोरोना भाइरस पनि कुनै जनावरबाटै मानिसमा सरेको हो । एउटा सुझावले यो भाइरस सर्पमार्फत् व्यक्तिमा सरेको जानकारी दिन्छ । यस्तै किसिमको सार्स भाइरस पनि चीनमा नै पैदा भएको थियो र त्यो चमेरो र बिरालोबाट मानिसमा सरेको थियो ।

याे पनि पढ्नुस  प्रहरी पुग्दा फेरि भागे सम्पर्कमा आएका कोरोना संक्रमित

यो संक्रमणको सुरुवाती घटना दक्षिणी चीनको सी–फूड होलसेल मार्केटसम्म सम्बन्धित छ । यी बजारमा कुखुरा, चमेरोका साथै सर्प पनि बिक्रि हुन्छन् ।

प्रश्न ३ः के कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्य पहिलेको जस्तै हुन्छ ?

यो सम्भव छ । यो भाइरसबाट संक्रमित थुप्रै व्यक्तिमा हल्काफुल्का लक्षण देखिने गर्छ ।

यसमा ज्वरो आउनु, खोकी लाग्नु वा सास फेर्न समस्या हुनेलगायतका समस्या देखा पर्छन् ।

धेरैजसो मानिसहरु यो संक्रमणबाट मुक्त भएपछि पूर्ण रुपमा ठिक हुन्छन् ।

तर यो भाइरस वृद्धवृद्धा, मधुमेह र क्यान्सरजस्ता रोगसँग जुधिरहेका व्यक्तिका लागि अत्यधिक खतरनाक छ ।

यसका साथै रोग प्रतिरोधी क्षमता खराब भएका व्यक्तिका लागि पनि यो निकै खतरनाक छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाः २८ जिल्लामा फैलियो, संक्रमित पुरुष बढी, निको महिला

प्रश्न ४ः इन्क्यूबेशन पिरियड के हो र यो भाइरसको इन्क्यूबेशन पिरियड कति हो?

विश्व स्वास्थ्य संगठनका अनुसार कुनै भाइरसको इन्क्यूबेशन पिरियड भनेको त्यो समय हो जतिबेला व्यक्ति भाइरसबाट संक्रमित भइरहेका हुन्छन् तर स्वास्थ्यमा भने त्यसको कुनै असर देखिँदैन ।

अहिलेका लागि यो भाइरसको इन्क्यूबेशन पिरियड २ देखि १० दिनसम्मको हो । तर ठिक आँकलनका लागि धेरै जानकारीको आवश्यकता हुन्छ ।

कुनै पनि भाइरसको इन्क्यूबेशन पिरियड बुझ्नु निकै महत्वपूर्ण हुन्छ । डाक्टर र सरकारको मद्दतले भाइरस फैलनबाट रोक्न सकिन्छ ।

यसको अर्थ यो हो कि यदि उनीहरुलाई यसबारे थाहा भए उनीहरुले संक्रमित व्यक्तिलाई सर्वसाधारणबाट अलग्ग्याएर उपचारको थालनी गर्न सक्छन् ।

प्रश्न ५ः के यो भाइरसको कुनै सूई छ ?

अहिले यो भाइरसको कुनै सूई उपलब्ध छैन । तर अनुसन्धाता यो भाइरसको भ्याक्सिन बनाउन जुटिरहेका छन् ।

यो एउटा यस्तो भाइरस हो जुन यसअघि मानिसमा कहिले पनि देखिएको थिएन ।

कमेन्ट गर्नुहोस्