प्रियंकाको फोटो शेयर गर्दै बार्सिलोनाले लेख्यो ‘वि लभ नेपाल’

काठमाडौंः अभिनेत्री प्रियंका कार्कीको तस्विर बार्सिलोना फुटबल क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको छ ।

उक्त पोस्टमा ‘वि लभ नेपाल’ लेखेर प्रियंकाको दुइ तस्विर पोस्ट गरिएको छ । स्पेनी क्लब बार्सिलोना र लेभान्टे युनियन बिचको म्याच हेर्नको लागि उनि आफ्नो हुनेवाला पति (आयुष्मान) देशराज जोशीसंग बार्सिलोना गएकी थिइन् ।

याे पनि पढ्नुस  ‘ग्याम्पर ट्रफी’को उपाधि बार्सिलोनालाई, आर्सनल २-१ ले पराजित

आइतबार राति खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी बताइन् ।

उनले लाइभमार्फत भनेकी थिइन ‘बसै नेपालीको यहाँ आउने चाहना भए पनि आउन पाएको छैनन्। त्यसैले सबै नेपालीको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु ।

प्रियंकाले भाइबरको मध्यमबाट म्याच हेर्न जाने अवसर पाएकी हुन् ।

याे पनि पढ्नुस  क्वाटरफाइनलबाटै बाहिरियो बार्सिलोना

 

 

कमेन्ट गर्नुहोस्