काठमाडौंः नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष नेकपामा प्रवेश गरेका छन् ।
महासंघका अध्यक्ष राजु कार्की सत्तारूढ दल नेकपामा प्रवेश गरेका हुन् ।
खुमलटारमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले कार्कीलाई पार्टी प्रवेश गराएका हुन् ।