विद्यालयमा भागदौड, कम्तीमा १४ बालबालिकाको मृत्यु

काठमाडौंः पश्चिमी केन्यामा एउटा विद्यालयमा १४ भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो ।

छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा भागदौड भएको विवरणहरू आएका छन् । शिक्षामन्त्री जोर्ज मगोहाले स्थानीय सञ्चाजमाध्यमलाई १४ जनाको मृत्यु भएको पुष्टि गरे ।

कारण अस्पष्ट
‘बच्चा गुमाउनु एकदमै पीडादायी हुन्छ । आफ्ना बच्चा गुमाउने अभिभावकलाई मेरो समवेदना’, उनले सिटिजन टीभीलाई भने । घाइते भएका झन्डै ४० जनालाई अस्पताल लगिएको थियो । तीमध्ये केहीको स्थिति गम्भीर भएको बताएको छ भने केहीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ । के कारणले भागदौड भयो भन्ने स्पष्ट भएको छैन ।

याे पनि पढ्नुस  छाउगोठमा युवतीको मृत्यु भएपछि जेठाजु पक्राउ

तर स्थानीय प्रहरीका प्रमुखले घटनाबारे छानबिन सुरु गरिएको बताएका छन् । केही विवरणमा विद्यार्थीहरू छुट्टीपछि र्भयाङबाट ओर्लिन खोज्दा भिड भएको थियो । उक्त र्भयाङ भत्किएको बताइएको छ ।

द डेली नेशन समाचारपत्रका अनुसार भाग्न खोज्दा केही विद्यार्थीहरू विद्यालयको तेस्रो तलाबाट भुइँमा खसेका थिए । सामाजिक सञ्जालमा प्रेषित भिडिओमा घाइते बालबालिकाका आफन्तहरू एउटा अस्पतालबाहिर चिन्तित मुद्रामा भेला भएको देखिन्छ ।

याे पनि पढ्नुस  कोरोना जितेर डिस्चार्ज भएको चार घण्टा नबित्दै मृत्यु

आपत्कालीन सेवालाई आफूले सहयोग उपलब्ध गराएको केन्या रेडक्रसले ट्विटरमा उल्लेख गरेको छ । केन्याको शिक्षा मन्त्रालयले शोकाकुल परिवार र आफन्तलाई समवेदना प्रकट गरेको छ ।

संवाददाताहरूका अनुसार उक्त घटनाले केन्याका विद्यालयमा बालबालिकाको सुरक्षाबारे प्रश्न उठाएको छ । केन्याका भूतपूर्व प्रधानमन्त्री राइला ओडिङ्गाले घटनाको कारण पत्ता लगाउन शीघ्र अनुसन्धान गर्न माग गरेका छन् ।

याे पनि पढ्नुस  चलचित्र ‘सुटिङ सेट’मा भयानक दुर्घटना, सहायक निर्देशकसहित ३ जनाको मृत्यु

गत वर्ष सेप्टेम्बरमा नाइरोनजिकै एउटा प्राथमिक विद्यालयमा एउटा कक्षाकोठा भत्किँदा आठ जनाको मृत्यु भएको थियो । त्यसको केही दिनपछि सरकारले सुरक्षाको कारण देखाउँदै उक्त विद्यालय बन्द गरिदियो ।

सरकारले कमजोर संरचना भएका विद्यालयहरूलाई कारबाही गर्ने उद्घोष गरेको थियो । बीबीसी

कमेन्ट गर्नुहोस्