कोरोना भाइरसबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश

काठमाडौंः कोरोना भाइरसका विषयमा प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार उक्त प्रस्ताव पेश गरेका हुन् ।

उनले सम्भावित संक्रमितलाई लक्ष्य गरेर तीन अस्पतालमा ४३ बेड छुट्याइएको सो क्रममा जानकारी दिए ।

याे पनि पढ्नुस  रौतहटमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

उनले यस विषयमा सरकार गम्भीर रहेको बताए । आफ्नो नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाइएको र सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको उनले जानकारी दिए ।

चीनमा रहेका १८० जनाले नेपाल आउन फर्म भरेकोजनाउँदै उनले भने, ‘उनीहरुलाई ल्याउने तयारी सरकारले गरेको छ । त्यहाँको एअरपोर्ट बन्द रहेको र अन्य यातायात नचलेकाले ल्याउन ढिला भएको हो । उनीहरूलाई ल्याएपछि बस्तीबाहिर कम्तिमा १४ दिन राख्छौं ।’

कमेन्ट गर्नुहोस्