अष्ट्रेलियाको टिममा फर्किए म्याक्सवेल, स्टोइनिसले भने पाएनन् मौका

काठमाडौंः मानसिक स्वास्थ्यका कारण केही समय विश्राम लिएका अस्ट्रेलियाली क्रिकेटर ग्लेन म्याक्सवेल टीममा फर्किएका छन् । उनी दक्षिण अफ्रिकासँगको वानडे र टी–२० सिरिजका लागि टीममा फर्किएका हुन् ।

जारी बिग बास लिग (बीबीएल) मा सर्बाधिक रन बनाउने मेलबर्न स्टार्सका मार्कस स्टोइनिसले भने दक्षिण अफ्रिकाको ‘टूर’मा मौका पाउन असफल भएका छन् ।

याे पनि पढ्नुस  वानडे सिरिज : इंग्ल्याण्डविरुद्ध म्याक्सवेलकाे शानदार अर्धशतक

दक्षिण अफ्रिका विरुद्धको टी–२० र एकविदसीय क्रिकेट सिरिजका लागि अष्ट्रेलियाले आज आरोन फिन्चको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । अष्ट्रेलियाले २१ फेब्रुअरीदेखि दक्षिण अफ्रिकासँग तीन–तीन खेलको वानडे र टी–२० सिरिज खेल्ने छ ।

टी–२० सिरिज खेल्ने अष्ट्रेलियाको टीमः आरोन फिन्च (कप्तान), डेविड वार्नर, शेन एबट, एस्टन अगर, एलेक्स क्यारी, प्याट कमिन्स मिचेल मार्श, ग्लेन म्याक्सवेल, जय रिचर्डसन, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, म्याथ्यू वेड र एडम जाम्पा ।

याे पनि पढ्नुस  अष्ट्रेलियाका स्टार बलर रिचडर्सनलाई कोरोना संक्रमणको आशंका

वानडे सिरिज खेल्ने अष्ट्रेलियाको टीमः आरोन फिन्च (कप्तान), एस्टन अगर, एलेक्स क्यारी, प्याट कमिन्स, जोश हेजलवुड, मार्नस लाबुसाने, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, म्याथ्यू वेड र एडम जम्पा ।

कमेन्ट गर्नुहोस्