यू–१९ विश्वकप सेमिफाइनलः पाकिस्तानद्वारा भारतलाई सामान्य लक्ष्य

काठमाडौंः दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत भारत विरुद्धको सेमिफाइनल खेलमा पाकिस्तान क्रिकेट टीम १ सय ७२ रनमै समेटिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४३.१ ओभरमा १ सय ७२ रन बनाउँदा सबै विकेट गुमायो ।

उसका लागि कप्तान रोहेल नजिरले ६२, हैदर अलिले ५६, मोहम्मद हरिसले २१ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा भारतीय टीमका सुशान्त मिश्रामले ३, कार्तिक त्यागी, रवि बिश्नोईले २–२ विकेट लिए । जारी विश्वकपमा भारतले अष्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

याे पनि पढ्नुस  यू–१९ विश्वकप फाइनलः भारत र बंगलादेशी खेलाडीलाई आइसीसीको कारवाही

पाकिस्तानले भने अफगानिस्तानमाथि जित हासिल गर्दै सेमिफाइनलमा भारतसँग खेल्ने मौका पाएको हो । गत विश्वकपको सेमिफाइनलमा सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको थियो ।

उक्त विश्वकपमा भारतले पाकिस्तानलाई ६९ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा उसले अष्ट्रेलियालाई हराउँदै उपाधि नै जित्यो । योपटक पाकिस्तानलाई बदला लिने फेरि मौका मिलेको छ ।

कमेन्ट गर्नुहोस्