सेनाकाे हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्दार

कैलालीः एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीबाट उद्दार गरिएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडीतोलाकी बर्ष २७ वर्षीया अरुणा भण्डारीलाई सुत्केरीपछि अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागी काठमाडौं स्थित नर्भिक अस्पतालमा सेनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको हो ।

याे पनि पढ्नुस  ‘अँध्यारोमा रात्रिभोज’ आयोजना गरिँदै

जिल्ला अस्पताल डोटीका डा. प्रमोद भट्टका अनुसार जिल्ला अस्पतालमा १८ गते रक्त बिषक्तताका कारण शल्यक्रिया गरी बच्चा जन्मिएपछि अत्यधिक रक्तश्राव भई अवस्था गम्भीर हुन थालेपछि १९ गते देखि भण्डारीलाई सेती प्रादेशिक अस्पतालको आईसियूमा राखिएको थियो ।

उपचार सम्भव नभएको भन्ने सुनेपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको पहलमा सेनाको हेलिकोप्टर मार्फत आज थप उपचारका लागि काठमाडौं लगिएको हो ।

कमेन्ट गर्नुहोस्