काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावमा नेकपाले स्पष्ट दुई तिहाईको बहुमत ल्याउने घाषणा गरेका छन् ।
पार्टीनिकट अखिल नेपाल महिला संघको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सो कुराको घोषणा गरेका हुन् ।
उनले भने, ‘अबको निर्वाचनमा नेकपालाई दुई तिहाईको बहुमत ल्याउन दुनियाँको कुनैपनि तागदले रोक्न सक्दैन् । यदि कसैले रोक्ने हिम्मत गरे आजैबाट सुरू गरे हुन्छ ।’
उनले पार्टीमा आफू अल्पमतमा पर्यो र प्रधानमन्त्री पनि अल्पमतमा पर्यो भनेर सञ्चारमाध्यमले लेखेको भन्दै असन्तुष्टि जनाए । गुनासो गर्दै ओलीले भने, ‘आलोचना गर्न नपाएर जे मन लाग्यो त्यही लेख्ने काम भयो । पार्टीभित्र हामी बहुमत र अल्पमतमा छैनौं । हामी एकमत छौं ।’
कांग्रेसले वर्तमान सरकारले गरेका कतिपय राम्रा कामहरूको बारेमा जनतामाँझ भ्रम सिर्जना गरेको आरोप ओलीको थियो ।