बीबीएस तेस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले बीबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गरेको छ । त्रिविले २०७६ जेठ र असारमा सञ्चालित ४ बर्षे बीबीएस तेस्रो बर्षको नतिजा प्रकाशन गरेको हो ।

नतिजा हेर्नका लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखेर स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्नेछ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्